२०८२ मङ्सिर २५ गते बुधवार | 2025 December 10th Wednesday

केपी ओलीलाई रोक्न कांग्रेसको तयारी पूरा, यी हुन् ६ जना आकांक्षी (नामसहित)

विराटनगर । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेसले झापाका ५ निर्वाचन क्षेत्रमध्ये ३ वटा क्षेत्रबाट उम्मेदवार सिफारिस गरेको छ। सबैभन्दा चर्चित झापा–५, जहाँ एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली निर्वाचित छन्, त्यहीँ कांग्रेसका ६ जना आकांक्षी सिफारिस भएका छन्।

कांग्रेस क्षेत्रीय समितिले झापा–५ बाट मेदनी सिटौला, अइन्द्र केरुङ, खगेन्द्र पाण्डव अधिकारी, देवी दाहाल, मन्दिरा पौडेल र पदम पौडेलको नाम जिल्लामा पठाएको छ। झापा–१ बाट कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माको एकल नाम सिफारिस गरिएको छ भने झापा–४ बाट जिल्ला सभापति देउमान थेबे र उत्तम चौंलागाई सिफारिसमा परेका छन्।

झापा–२ र ३ बाट भने हालसम्म उम्मेदवारको नाम टुंगो लागेको छैन। पार्टीले उम्मेदवार छनोटमा कडा मापदण्ड लागू गर्दै समावेशी सिद्धान्त, लेबी नबुझाउने, समानुपातिक दोहोरिने र स्थानीय तहमा निर्वाचित भएकालाई उम्मेदवार नबनाउने व्यवस्था गरेको छ।

प्रकाशित मिति : २०८२ मङ्सिर २५ गते बुधवार
प्रतिक्रिया दिनुहोस