काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नलिन्चोक हेलिकप्टर काण्डमा संलग्न रहेको भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
मुद्दामा प्राधिकरणका चार कर्मचारी, एक इन्जिनियर, एक कन्सल्टिङ कम्पनी र कम्पनीका प्रोप्राइटर विजय थापा समावेश छन्। क्यानका निर्देशक मुरारी भण्डारी, उपप्रबन्ध निर्देशक समृद्धि श्रेष्ठ, प्रबन्धक नलविक्रम थापा र प्राइभेट इन्जिनियर गुरुदत्त अधिकारी पनि प्रतिवादी बनेका छन्।
महानिर्देशक अधिकारी र तत्कालीन निर्देशक भण्डारीलाई पक्राउ गरी अदालतमा पेश गरिएको छ। विशेष अदालतका अनुसार १३ करोड ५७ लाख रुपैयाँभन्दा बढी विगो माग गर्दै भ्रष्टाचार मुद्दा दायर गरिएको हो।
प्रकाशित मिति : २०८२ मङ्सिर १८ गते बुधवार

