नेपालमा बिहानै भूकम्पको धक्का, भारतसम्म कम्पन

काठमाडौं । दार्चुलामा भूकम्प गएको छ । दार्चुलाको घुसा केन्द्रविन्दु भएर आज बिहान भूकम्प गएको हो । भूकम्पको तीव्रता ४।६ म्याग्निच्युड मापन भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरले जनाएको छ । भूकम्पका कारण दार्चुला र आसपासका जिल्लामा धक्का महसुस भएको थियो । भूकम्पको कम्पन छिमेकी भारतसम्म महसुस भएको थियो ।