काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलाको ७ सय रुपैयाँले बढेर २ लाख ५२ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो दिन आइतबार सुन तोलाको २ लाख ५२ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, चाँदीको मूल्य भने घटेको छ । अघिल्लो दिन आइतबार तोलाको ३ हजार ६०५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार घटेर ३ हजार ५८५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।
महासंघका अनुसार सोमबार प्रति १० ग्राम सुनको मूल्य २ लाख १६ हजार ८२० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ३ हजार ७४ रुपैयाँमा कारोबार भईरहेको छ ।
प्रकाशित मिति : २०८२ मङ्सिर २३ गते सोमवार

