काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलाको १९ सय रुपैयाँले बढेर २ लाख ६० हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो दिन आइतबार सुन तोलाको २ लाख ५८ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, चाँदीको मूल्य पनि बढेको छ । अघिल्लो दिन आइतबार तोलाको ३ हजार ८२५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार (आज) बढेर ३ हजार ८७० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।
महासंघका अनुसार सोमबार प्रति १० ग्राम सुनको मूल्य २ लाख २३ हजार ५१० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ३ हजार ३१८ रुपैयाँमा कारोबार भईरहेको छ ।
Actress Keki Adhikari flaunts hotness in the winter sun [9 Photos]
प्रकाशित मिति : २०८२ मङ्सिर ३० गते सोमवार

