Warning: Undefined variable $cat_id in /home/janaboli/public_html/wp-content/themes/sulavhost/home-parts/taja-update.php on line 20
काठमाडौँ । प्रतिनिधिसभा पुनर्स्थापनाको पक्षमा अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी, जनमत पार्टी र एक स्वतन्त्र सांसदले पनि हस्ताक्षर गरेका छन्। उनीहरू सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालय पुगेर हस्ताक्षरमा सहभागी भएका हुन्।
हस्ताक्षर गर्नेमा जसपाकी हसिना खान, जनमत पार्टीकी गोमा लाभ सापकोटा र स्वतन्त्र सांसद योगेन्द्र मण्डल छन्। यससँगै पुनर्स्थापनाको पक्षमा हस्ताक्षर गर्ने सांसदको संख्या १४३ पुगेको छ। एमालेका ७५, कांग्रेसका ६५ र अन्य दल तथा स्वतन्त्र गरी १४३ सांसदले हस्ताक्षर गरेका हुन्।
प्रकाशित मिति : २०८२ पुष ७ गते सोमवार

