२०८२ चैत्र २५ गते बुधवार | 2026 April 8th Wednesday

सिनामंगल प्रकरण : प्रहरी असईको बयानले घटनामा नयाँ ट्विस्ट

काठमाडौँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत प्रहरी सहायक निरीक्षक पुष्कर कार्की आफ्नै ६ महिनाको छोराको हत्या गरेको आरोपमा प्रहरी वृत्त गौशालामा हिरासतमा छन्। घटना मंसिर २१ को दिउँसो सिनामंगलस्थित डेरामा भएको हो।

अनुसन्धान अनुसार, कार्कीले बच्चाको घाँटीमा तरकारी काट्ने चक्कु प्रहार गरी हत्या गरेका थिए। घटनापछि उनले आफ्नी पत्नी विष्णु साउदलाई पनि आक्रमण गरेका थिए। छिमेकीको सहयोगमा उनलाई नियन्त्रणमा लिइएको थियो।

प्रारम्भिक बयानमा कार्कीले ‘आवेशमा हत्या गरेको’ बताएका छन्। बच्चा जन्मेदेखि केही समय स्वास्थ्य समस्यामा रहेको र उपचार चलिरहेको थियो। प्रहरीले घटनास्थलबाट दुईवटा चक्कु बरामद गरेको छ र कार्कीलाई ज्यानसम्बन्धी कसुरमा ५ दिनको म्याद लिएर अनुसन्धान जारी छ।

प्रकाशित मिति : २०८२ मङ्सिर २४ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस