२०८३ बैशाख ३ गते बिहिवार | 2026 April 16th Thursday

एमाले नेता ऐन महर धरौटीमा छुटे, पत्नी अनुजा किन प`क्राउ परिन् ?

काठमाडौँ । विद्युतीय कारोबारसम्बन्धी कसूरमा नेकपा एमालेका नेता ऐन महर एक लाख धरौटी बुझाएर रिहा भएका छन् भने उनकी पत्नी अनुजा श्रेष्ठ पक्राउ परेकी छन्।

रश्मिला धामीले महर दम्पत्तिविरुद्ध साइबर ब्यूरोमा उजुरी दिएकी थिइन्। सोही मुद्दामा सोमबार जिल्ला अदालत काठमाडौँमा थुनछेक बहस हुँदा महरलाई एक लाख धरौटीमा रिहा गर्ने आदेश भएको अदालतका सूचना अधिकारी दीपक श्रेष्ठले जानकारी दिए।

त्यही मुद्दामा साइबर ब्यूरोको टोलीले अनुजा श्रेष्ठलाई पक्राउ गरेको हो। उनको थुनछेक बहस बाँकी रहेकाले मंगलबार अदालतमा पेस गरिने साइबर ब्यूरोले जनाएको छ।

प्रकाशित मिति : २०८२ पुष ७ गते सोमवार
प्रतिक्रिया दिनुहोस