२०८२ चैत्र २५ गते बुधवार | 2026 April 8th Wednesday

‘१० दिनभित्र सिध्याउने!’ १० शीर्ष नेताको नाम जारी, सूचीमा रमेश लेखक, आरजु राणा र दुर्गा प्रसाईं पनि

काठमाडौँ । आफूलाई ‘एक्स्ट्रिमिस्ट ग्रुप अफ नेपाल’ का अध्यक्ष दाबी गर्ने प्रकाश पाठकले १० दिनभित्र उच्चपदस्थ व्यक्तिहरूलाई मार्ने धम्की दिएपछि नेपाल प्रहरीले ती व्यक्तिहरूको सुरक्षा कडा गरेको छ।

धम्की इमेलमार्फत आएको हो, जसमा समावेश १० उच्चपदस्थ व्यक्तिहरू:
1. प्रेमकुमार राई (अख्तियार प्रमुख)
2. लोकमान सिंह कार्की
3. गोपाल बहादुर खड्का
4. रमेश लेखक (तत्कालीन गृहमन्त्री)
5. बालकृष्ण खाँण
6. आरजु राणा (तत्कालीन परराष्ट्र मन्त्री)
7. ओमविक्रम राणा
8. हेमबहादुर गुरुङ
9. रमेश चन्द ठकुरी
10. दुर्गा प्रसाईं

उपत्यका प्रहरी कार्यालय, रानीपोखरीले काठमाडौं, भक्तपुर र ललितपुरका युनिटहरूलाई घर, भ्रमण मार्ग र कार्यक्रमस्थल वरपर निगरानी गर्न सर्कुलर जारी गरेको छ।

प्रकाश पाठकले भिडियोमा आफू भारतमा रहेको र पक्राउ असम्भव भएको दाबी गरेको छ। प्रहरीका अनुसार पाठकको गतिविधि र समूहबारे अनुसन्धान जारी छ।

प्रकाशित मिति : २०८२ मङ्सिर १९ गते बिहिवार
प्रतिक्रिया दिनुहोस