२०८३ साउन १३ गते बुधवार | 2026 July 29th Wednesday

काठमाडौं सुकेधारा, गोकर्णेश्वर र बबरमहलमा ठूलो दुर्घटना : मृतक तीन जना को हुन् ? (नामसहित)

"One killed and 12 injured in a bus accident in Sindhuli."

काठमाडौँ । काठमाडौँका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ। नेपाल प्रहरीका अनुसार सुकेधारा, गोकर्णेश्वर र बबरमहलमा दुर्घटना हुँदा तीन युवकको ज्यान गएको हो।

बबरमहलमा मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा तारकेश्वर–४ गुहेश्वरी बस्ने धादिङ घर भएका १८ वर्षीय राहुल श्रेष्ठको टिचिङ अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। उनी गएराति गम्भीर घाइते भएका थिए।

त्यसैगरी सुकेधारा चोकमा टिपरको ठक्करबाट पैदलयात्री काठमाडौँ काभ्रेस्थली बस्ने सङ्खुवासभा घर भएका २३ वर्षीय मिलन योञ्जनको मृत्यु भएको छ। उनी पनि उपचारका क्रममा टिचिङ अस्पतालमै ज्यान गुमाएका हुन्। प्रहरीले टिपर चालकलाई नियन्त्रणमा लिएको छ।

गोकर्णेश्वर–८ जनसाहारा चोकमा मोटरसाइकल दुर्घटना हुँदा टोखा बस्ने नुवाकोट घर भएका २६ वर्षीय रामबहादुर तामाङको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २०८२ माघ १७ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस