२०८३ बैशाख ४ गते शुक्रवार | 2026 April 17th Friday

सरकारले प्रहरीको दैनिक रासन र रासनबापतको रकम बढायो, कति पुग्यो?

काठमाडौँ । सरकारले नेपाल प्रहरीको रासन स्केल र रासनबाफतको दैनिक रकम वृद्धि गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषद्को बिहीबारको बैठकले फागुन १ गतेदेखि लागू हुने गरी यो निर्णय गरेको गृहमन्त्री एवं प्रवक्ता ओमप्रकाश अर्यालले जानकारी दिएका छन्।

नेपाल प्रहरीका प्रवक्ता नायव महानिरीक्षक अबिनारायण काफ्लेका अनुसार, अब प्रहरीले दैनिक रासनका १९ आइटम पाउनेछन्, जुन यसअघि १६ आइटम थियो। रासनको क्यालरी पनि बढाएर दैनिक ४,३६४ क्यालरी बनाइएको छ।

रासनबाफतको रकम जिल्ला अनुसार फरक पर्छ। झापामा अब प्रहरीले दैनिक १९९ रुपैयाँ १० पैसा पाउनेछन् भने हिमाली जिल्लाहरु जस्तै हुम्लामा ९५२ रुपैयाँ ३६ पैसा पाउने छन्। काठमाडौँ उपत्यकामा दैनिक रकम २२१ रुपैयाँ ९२ पैसा हुनेछ। समग्रमा प्रहरीको रासन र रासनबाफतको रकम करिब १० प्रतिशतले बढेको छ।

प्रकाशित मिति : २०८२ माघ १६ गते बिहिवार
प्रतिक्रिया दिनुहोस