काठमाडौं । माघ १६ गते शुक्रबार (भोलि) शहिद दिवसको अवसरमा देशभर सार्वजनिक बिदा दिइने भएको छ। सरकारले शहिदहरूको योगदान स्मरण गर्दै उक्त दिन सरकारी कार्यालय, सार्वजनिक संघसंस्था तथा शैक्षिक संस्थामा बिदा दिने व्यवस्था गरेको हो।
शहिद दिवसका अवसरमा विभिन्न कार्यक्रममार्फत लोकतन्त्र, स्वतन्त्रता र परिवर्तनका लागि जीवन बलिदान दिने शहिदप्रति श्रद्धाञ्जली अर्पण गरिनेछ।

प्रकाशित मिति : २०८२ माघ १६ गते बिहिवार

