२०८२ फाल्गुन २३ गते शनिवार | 2026 March 7th Saturday

गढीका युवाहरू ‘भगवती जिताऔँ’ अभियानमा संगठित

सुनसरीको गढी गाउँपालिका का युवाहरू प्रतिनिधि सभा सदस्य उम्मेदवार भगवती चौधरीलाई जिताउने अभियानमा संगठित भएका छन्। युवाहरूले चौधरीले निरन्तर रूपमा युवा हित, सीप विकास र रोजगारीका पक्षमा काम गर्दै आएको भन्दै आफूहरू संगठित रूपमा सूर्यध्वजाबाहक उम्मेदवारको पक्षमा लाग्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

यही उद्देश्यसहित गढीका युवाहरूले अवधेश चौधरीको संयोजकत्वमा युवा परिचालन समिति गठन गरेका छन्। समितिले घरदैलो, जनसम्पर्क तथा अभियान विस्तारका कार्यक्रमलाई तीव्र बनाउने जनाएको छ।

सो अवसरमा उम्मेदवार चौधरीले युवालाई लक्षित गर्दै आधुनिक प्रविधिमैत्री सीप विकास कार्यक्रम ल्याउने बताउनुभयो। उहाँले युवालाई सूचना प्रविधि, डिजिटल सीप तथा स्वरोजगारमूलक तालिममार्फत घरमै बसेर आयआर्जन गर्न सक्ने वातावरण निर्माण गर्ने विशेष योजना अघि सारिएको उल्लेख गर्नुभयो।

कार्यक्रममा निर्वाचन परिचालन समितिका कमाण्डर लिलम बस्नेतले युवा शक्तिको ऊर्जा अभियानको मुख्य आधार भएको बताउँदै उत्साहजनक जनसमर्थनका आधारमा आगामी निर्वाचनमा उल्लेख्य मतान्तरसहित विजय हासिल हुने दाबी गर्नुभयो। उहाँले संगठित परिचालनका माध्यमबाट करिब ११ हजार मतान्तरले जित सुनिश्चित गर्ने लक्ष्य राखिएको जानकारी दिनुभयो।

स्थानीय युवाहरूले विकास, रोजगारी र अवसरको सुनिश्चितताका लागि संगठित राजनीतिक सहभागिता आवश्यक रहेको धारणा व्यक्त गर्दै अभियानलाई गाउँ–गाउँसम्म विस्तार गर्ने बताएका छन्।

प्रकाशित मिति : २०८२ फाल्गुन ३ गते आइतवार
प्रतिक्रिया दिनुहोस