२०८३ भाद्र २७ गते शनिवार | 2026 September 12th Saturday

शेरबहादुर तामाङको चेतावनी: कार्की आयोगको रिपोर्टको आधारमा ओलीमाथि कारबाही गरियो भने नतिजा गम्भीर हुने

प्रकाश काफ्ले / काठमाडौँ । नेकपा एमालेका नेता शेरबहादुर तामाङले पार्टी अध्यक्ष केपी शर्मा ओलीविरुद्ध कार्की आयोगको प्रतिवेदनका आधारमा कुनै पनि कारबाही अघि बढाइए त्यसको नतिजा गम्भीर हुने चेतावनी दिनुभएको छ। नेता तामाङले अध्यक्ष ओलीमाथि राजनीतिक प्रतिशोध साध्ने नियतले कदम चालिए एमालेले त्यसको कडा प्रतिरोध गर्ने स्पष्ट पार्नुभयो।

एक अन्तर्वार्ताका क्रममा उहाँले भन्नुभयो, “यदि कार्की आयोगको रिपोर्टलाई आधार बनाएर केपी ओलीमाथि कुनै कारबाही गर्ने दुस्साहस गरियो भने, एमालेले त्यसलाई सामान्य रूपमा लिने छैन। त्यसको नतिजा कसैका लागि पनि सुखद हुँदैन।” उहाँले सरकारले राजनीतिक अस्थिरता निम्त्याउन र प्रमुख प्रतिपक्षी दललाई कमजोर बनाउन यस्ता खेल खेलिरहेको आरोप समेत लगाउनुभयो। नेता तामाङले एमाले सधैँ विधिको शासनको पक्षमा रहेको तर प्रतिशोधपूर्ण राजनीति स्वीकार्य नहुने उल्लेख गर्नुभएको छ।

 

 

प्रकाशित मिति : २०८२ चैत्र ४ गते बुधवार
प्रतिक्रिया दिनुहोस