२०८३ भाद्र ९ गते मङ्गलवार | 2026 August 25th Tuesday

आफ्नो क्षेत्र जोगाउन नसक्नेले ओलीको राजीनामा माग्न सुहाउँदैन : शेरबहादुर तामाङ

प्रकाश काफ्ले/काठमाडौँ । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले आफ्नै निर्वाचन क्षेत्र जोगाउन नसक्ने नेताहरूले पार्टी अध्यक्ष के. पी. शर्मा ओली को राजीनामा माग्नु उपयुक्त नहुने टिप्पणी गरे।

नेकपा एमालेका नेता शेरबहादुर तामाङले हालैको चुनावी परिणामबारे पार्टीभित्र समग्र समीक्षा आवश्यक रहेको बताएका छन्।

तामाङले केही नेताहरूले चुनावी हारको जिम्मेवारी अरूलाई थोपरेर उम्किन खोजेको संकेत गर्दै यस्तो प्रवृत्ति सही नहुने बताए।

उनले भने, “हामीले करिब छ महिना अघि मात्रै महाधिवेशन सम्पन्न गरेर आएका हौं। तर अहिलेसम्म पनि पार्टीभित्र कार्यविभाजन पूर्ण रूपमा हुन सकेको छैन। यस्तो अवस्थामा कुनै एक नेता वा शीर्ष नेतृत्वलाई मात्र दोष लगाएर उम्किने ठाउँ कसैलाई छैन।”

उनका अनुसार यदि आफ्नो निर्वाचन क्षेत्र सुरक्षित राखेर त्यसपछि नेतृत्वविरुद्ध आवाज उठाइएको भए त्यसलाई फरक रूपमा लिन सकिन्थ्यो। तर आफ्नो क्षेत्र नै जोगाउन नसक्नेहरूले एउटै नेतालाई दोष लगाएर उम्किन खोज्नु उचित नहुने उनले बताए।

तामाङले हालैको चुनावी परिणामबारे पार्टीले समग्र रूपमा समीक्षा गर्ने पनि स्पष्ट पारे।

प्रकाशित मिति : २०८२ फाल्गुन ३० गते शनिवार
प्रतिक्रिया दिनुहोस