२०८३ भाद्र १० गते बुधवार | 2026 August 26th Wednesday

राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) प्रवक्ता मनिष झाको सन्देश: संयम, उदारता र जिम्मेवारीको आवश्यकता

प्रकाश काफ्ले /काठमाडौं राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा ) का प्रवक्ता मनिष झा ले पार्टीको दृष्टिकोण स्पष्ट गर्दै भने कि देशमा सकारात्मक परिणाम सहितको परिवर्तन ल्याउन थप मेहनत आवश्यक छ। उनले थपे, “नेता होइन, सहजकर्ता भएर काम गर्नु पर्छ। जनताले हामीलाई ठूलो अपेक्षा र जिम्मेवारी दिएका छन्। हाम्रो मुख्य विरोधी भ्रष्टाचार, गरिबी र कुशासन हुन्। उम्मेदवार र दलहरू केवल लोकतान्त्रिक प्रतिस्पर्धी हुन्। सबैको अस्तित्वको सम्मान गर्दै हामी संयमित, उदार र जिम्मेवार हुनुपर्छ।”

मनिष झा धनुषा–३ बाट चुनावी प्रतिस्पर्धामा छन् र त्यहाँ फराकिलो अग्रता बनाइरहेका छन्।

प्रकाशित मिति : २०८२ फाल्गुन २२ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस