२०८३ भाद्र ९ गते मङ्गलवार | 2026 August 25th Tuesday

एमाले सचिवालय बैठक आज, निर्वाचन परिणामको समीक्षा हुने

प्रकाश काफ्ले/काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी) (एमाले) को केन्द्रीय सचिवालय बैठक आज बस्ने भएको छ। हालै २१ फागुनमा सम्पन्न निर्वाचनको समग्र समीक्षा गर्न तथा समानुपातिक प्रणालीबाट चयन हुने सांसदहरूको नाम तय गर्न बैठक बोलाइएको हो। एमाले केन्द्रीय कार्यालयका सचिव विष्णु प्रसाद अधिकारी का अनुसार बैठक दिउँसो १ बजे सुरु गर्ने तयारी गरिएको छ।

उनका अनुसार बैठकमा निर्वाचनको परिणाम र पार्टीको प्रदर्शनबारे विस्तृत छलफल हुनेछ। साथै समानुपातिक कोटाबाट प्रतिनिधिसभामा जाने सांसदहरूको नाम अन्तिम रूप दिने एजेन्डा पनि रहेको छ।

यसैबीच निर्वाचन आयोग नेपालले प्रतिनिधिसभा निर्वाचनको समानुपातिक प्रणालीअन्तर्गत सांसदको नाम सिफारिस गर्न राजनीतिक दलहरूलाई आजसम्मको समयसीमा दिएको छ।

प्रकाशित मिति : २०८२ फाल्गुन ३० गते शनिवार
प्रतिक्रिया दिनुहोस