२०८२ चैत्र १ गते आइतवार | 2026 March 15th Sunday

हिजो अहिलेसम्मकै महँगो बनेको अमेरिकी डलरको विनिमयदर आज कति ?

काठमाण्डौँ । नेपाल राष्ट्र बैंकले आज आइतबारका लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुवेती र बहराइन दिनारसहित सबैजसो विदेशी मुद्राको विनिमयदर स्थिर छ । हिजो अमेरिकी डलरको मूल्य अहिलेसम्मकै महँगो हुँदा अस्ट्रेलियन डलर, युरो, पाउन्डसहितका मुद्राको मूल्य भने घटेको थियो। तर, कुवेती र बहराइन दिनारसहित कतिपय मुद्राको मूल्य भने बढेको थियो ।

आज अमेरिकी डलर १ को खरिददर १४७ रुपैयाँ ६४ पैसा र बिक्रीदर १४८ रुपैयाँ २४ पैसा छ । अमेरिकी डलरको यो विनिमयदर हालसम्मकै सबैभन्दा महँगो हो । हिजो पनि अमेरिकी डलरको विनिमयदर यही थियो । त्यसैगरि आज युरो १ को खरिददर १६९ रुपैयाँ २८ पैसा र बिक्रीदर १६९ रुपैयाँ ९७ पैसा छ ।
आज पाउन्ड स्ट्रलिङ १ को खरिददर १९५ रुपैयाँ ७५ पैसा र बिक्रीदर १९६ रुपैयाँ ५४ पैसा छ । आज अस्ट्रेलियन डलर १ को खरिददर १०३ रुपैयाँ ९८ पैसा र बिक्रीदर १०४ रुपैयाँ ४० पैसा छ । त्यसैगरि आज कुबेती दिनार १ को खरिदर ४८१ रुपैयाँ ७० पैसा र बिक्रीदर ४८३ रुपैयाँ ६५ पैसा छ ।

 

प्रकाशित मिति : २०८२ चैत्र १ गते आइतवार
प्रतिक्रिया दिनुहोस