आइतबार सामाजिक सञ्जाल फेसबुक मार्फत आफ्नो धारणा सार्वजनिक गर्दै विप्लवले सरकारको यस्तो कदमलाई निरंकुश प्रवृत्तिको संकेत भएको टिप्पणी गरेका छन्। उनका अनुसार विद्यार्थी संगठनहरू समाजमा चेतना फैलाउने, अन्यायविरुद्ध आवाज उठाउने र परिवर्तनको नेतृत्व गर्ने महत्वपूर्ण शक्ति हुन्। नेपालको इतिहासमा पनि निरंकुश शासनको अन्त्यमा विद्यार्थीहरूको अग्रणी भूमिका रहेको उनले उल्लेख गरेका छन्।
यसैक्रममा उनले वर्तमान परिवर्तन र सरकार निर्माणमा योगदान पुर्याएका शक्तिहरूमाथि नै दबाब सिर्जना गर्ने प्रयास भए त्यसको परिणाम सरकारकै विरुद्ध जाने चेतावनी दिएका छन्। परिवर्तन सम्भव बनाउने शक्तिलाई दबाउने प्रयास गरिए सरकारको आधार नै कमजोर बन्ने उनको भनाइ छ।
प्रकाशित मिति : २०८२ चैत्र २९ गते आइतवार

