२०८३ बैशाख ९ गते बुधवार | 2026 April 22nd Wednesday

अमेरिकी डलरको मूल्यमा वृद्धि, अन्य विदेशी मुद्राको यस्तो छ भाउ

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ, जस अनुसार अमेरिकी डलर लगायतका प्रमुख मुद्राहरूको मूल्यमा वृद्धि देखिएको छ। आजका लागि अमेरिकी डलर एकको खरिद दर १४९ रुपैयाँ ३१ पैसा र बिक्री दर १४९ रुपैयाँ ९१ पैसा तोकिएको छ, जबकि हिजो यसको खरिद दर १४८ रुपैयाँ ७१ पैसा र बिक्री दर १४९ रुपैयाँ ३१ पैसा रहेको थियो ।

त्यसैगरी युरोपियन युरो एकको खरिद दर १७५ रुपैयाँ ६९ पैसा र बिक्री दर १७६ रुपैयाँ ३९ पैसा कायम गरिएको छ। हिजो युरोको खरिद दर १७५ रुपैयाँ ८ पैसा र बिक्री दर १७५ रुपैयाँ ७८ पैसा थियो। युके पाउण्ड स्टर्लिङको मूल्यमा पनि वृद्धि भई आजका लागि खरिद दर २०१ रुपैयाँ ८४ पैसा र बिक्री दर २०२ रुपैयाँ ६६ पैसा पुगेको छ, जुन हिजो खरिद दर २०१ रुपैयाँ ८ पैसा र बिक्री दर २०१ रुपैयाँ ८९ पैसा तोकिएको थियो।

यस्तै स्वीस फ्रयाङ्क एकको खरिद दर १९१ रुपैयाँ ५३ पैसा र बिक्री दर १९२ रुपैयाँ ३० पैसा कायम भएको छ। हिजो यसको खरिद दर १९० रुपैयाँ ३९ पैसा र बिक्री दर १९१ रुपैयाँ १५ पैसा रहेको थियो । अष्ट्रेलियन डलर एकको खरिददर १०६ रुपैयाँ ९५ पैसा र बिक्रीदर १०७ रुपैयाँ ३८ पैसा, क्यानेडियन डलर एकको खरिददर १०९ रुपैयाँ ३४ पैसा र बिक्रीदर १०९ रुपैयाँ ७८ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११७ रुपैयाँ ४२ पैसा र बिक्रीदर ११७ रुपैयाँ ९० पैसा तोकिएको छ ।

 

प्रकाशित मिति : २०८३ बैशाख ९ गते बुधवार
प्रतिक्रिया दिनुहोस