२०८३ जेष्ठ ९ गते शनिवार | 2026 May 23rd Saturday

हुर्किइन् टेरिया मगर: अभिनेत्रीका रूपमा नेपाली फिल्मको डेब्यु मै पाइन् सफलता

काठमाडौं। भारतीय रियालिटी शो ‘डान्स इन्डिया डान्स’ र ‘झलक दिखला जा’ विजेता टेरिया मगरले नेपाली रजतपटमा अभिनेत्रीका रूपमा डेब्यु मै सफलता हात पारेकी छिन् । जेठ ८ गतेदेखि प्रदर्शनमा आएको फिल्म ‘मितज्यू’मार्फत उनले दयाहाङ राई र सौगात मल्लसँग स्क्रिन सेयर गरेकी छिन् । उनी अब हुर्किएकी छिन् ।

बलिउडमा वेब सिरिजमा अभिनय गरिसकेकी टेरियाले आफ्नै देशको कथा र पात्रलाई पर्दामा उतार्ने चाहनाले नेपाल फर्किएको बताएकी छन्। ‘मितज्यू’मा उनले उजेली नामक गाउँले पात्र निभाएकी छन्, जसको संघर्ष र साहसले समाजलाई प्रेरणा दिने अपेक्षा गरिएको छ।

नृत्यबाट पहिचान बनाएकी टेरियाले अब अभिनयमा पनि आफूलाई स्थापित गर्ने लक्ष्य राखेकी छन्। उनले भनिन्, “डान्स मेरो पहिचान हो, तर अब म एक असल अभिनेत्रीका रूपमा पनि चिनिन चाहन्छु।”

 

प्रकाशित मिति : २०८३ जेष्ठ ९ गते शनिवार
प्रतिक्रिया दिनुहोस