भक्तपुर । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले पक्राउ गरेको छ। अपराध अनुसन्धान कार्यालय टेकु र भक्तपुर प्रहरीको संयुक्त टोलीले प्रसाईंलाई पक्राउ गरेको हो। प्रसाईंले पत्रकार सम्मेलनमार्फत हिन्दु राज्य र राजसंस्था पुनर्स्थापनाका लागि आन्दोलनको घोषणा गरेका थिए। यसअघि पनि उनले भड्काउ अभिव्यक्ति दिने गरेका थिए ।
रास्वपाले आफ्नै कार्यकर्ता हिन्दु मोर्चाको नाममा खडा गरेर सहमति वा सम्झौता गरेको आरोप उनको छ । समग्र हिन्दुहरु पछिल्लो घटनाक्रममा सन्तुष्ट नरहेको उनको दाबी छ ।
प्रकाशित मिति : २०८३ साउन १८ गते सोमवार

