न्यूयोर्क । अमेरिका, डेनमार्क र ग्रिनल्यान्डबीच आर्कटिक सुरक्षासम्बन्धी नयाँ सम्झौता भएको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पले यसलाई ग्रिनल्यान्डको सुरक्षा र आवश्यकतामा अमेरिकाको ‘स्थायी नियन्त्रण’ दिने सम्झौता समेत भनेका छन्। तर डेनमार्क र ग्रिनल्यान्डले आफ्नो सार्वभौमिकता र आत्मनिर्णयको अधिकार कायम रहने बताएका छन्। सम्झौताले गैर–नेटो सैन्य उपस्थिति तथा रुस–चीनको संवेदनशील लगानी रोक्ने, अमेरिकालाई सैन्य पहुँच र संरचना विस्तारको अधिकार दिने बताइएको छ।
सम्झौतामा आगामी साता संयुक्त राष्ट्रसंघ महासभाका क्रममा हस्ताक्षर हुने र त्यसपछि संसदीय प्रक्रिया पूरा गर्नुपर्नेछ। रुस–चीनको प्रभाव, ग्रिनल्यान्डको रणनीतिक सैन्य महत्व र दुर्लभ खनिजका कारण सम्झौतालाई विश्वले चासोका साथ हेरेको छ।
प्रकाशित मिति : २०८३ असोज ४ गते आइतवार

