२०८३ बैशाख ३ गते बिहिवार | 2026 April 16th Thursday

रासायनिक मल खरिद ऐन संशोधन गर्नुपर्छः मन्त्री भुसाल

काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री डा. बेदुराम भुसालले रासायनिक मल खरिद ऐन र खरिद नियमावली संशोधन गर्न आवश्यक रहेको बताउनुभएको छ।

बिहीबार बसेको अर्थ समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो।उहाँले रासायनिक मल खरिद प्रक्रियाको टेण्डर ४५ दिन रहेकोमा अब १५ दिन राख्ने गरी मन्त्रालयले प्रस्ताव अघि बढाएको बताउनुभयो।उहाँले जिटुजी प्रक्रियाबाट नै मल खरिद गर्नुपर्ने र जिटुजीका लागि बजेटको अग्रिम सुनिश्चिततालाई जोड दिनु आवश्यक रहेको बताउनुभयो।उहाँले छोटो समयमा नै मल खरिद गरेर समयमा नै किसानलाई आपूर्ति गर्ने व्यवस्था गर्नुपर्ने बताउनुभयो।

उहाँले भन्नुभयो, ‘४५ दिनको टेण्डरको जुन समय छ, १५ दिन प्रस्तावित गरौँ भनेका छौँ।यसमा तपाईंहरुले सहयोग गर्नुपर्नेछ।त्यसमा मान्यज्यूहरुको सहयोग चाहिन्छ, छोटो बनाउनका लागि।तदनुरुप नियमावलीमा पनि संशोधन गरौँ भन्ने हाम्रो प्रस्ताव छ, हामीले औपचारिक रुपमा प्रस्ताव मन्त्रालयबाट अघि बढाइसकेका छौँ।राष्ट्रिय विकास समस्या समाधान समितिको बैठकबाट नै एउटा के निर्णय गरेका छौँ भने नियमित गर्नका लागि जिटुजीमा नै जानुपर्छ।जिटुजीमा जानका लागि बजेटको अग्रिम सुनिश्चितता हुनुपर्छ।यो भएमात्रै तदनुरुप मागको आँकलन गरेर बजेट खरिदका लागि सुननिश्चित हुनुपर्छ ।’

मन्त्री भुसालले रासायनिक मलमा मात्रै निर्भर नभई प्राङ्गारिक र जैविक मलमा निर्भर हुने कुरामा जोड दिनु आवश्यक रहेको बताउनुभयो।

प्रकाशित मिति : २०८० असार २१ गते बिहिवार
प्रतिक्रिया दिनुहोस