२०८३ भाद्र १० गते बुधवार | 2026 August 26th Wednesday

आजको विदेशी मुद्राको विनिमय दर : अमेरिकी डलर र युरोको भाउ घट्दा बढ्यो पाउण्ड स्टर्लिङ

money exchange rate in nepal today

काठमाडौं। नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तय गरेको छ। जसअनुसार बुधबार अमेरिकी डलरको भाउ घटेको छ। बुधबार १ अमेरिकी डलरको खरिददर १३२.४० रुपैयाँ र बिक्रीदर १३३.०० रुपैयाँ कायम भएको राष्ट्र बैंकले जनाएको छ। मंगलबार १ अमेरिकी डलरको खरिददर १३२.६८ रुपैयाँ र बिक्रीदर १३३.२८ रुपैयाँ थियो।

युरोपियन युरोको भाउ पनि सोमबार घटेको छ। मंगलबार १ युरोको खरिददर १४४.५९ र बिक्रीदर १४५।२५ रुपैयाँ कायम थियो। आज यसको खरिददर १४४.१४ र बिक्रीदर १४४.८० रुपैयाँ पुगेको छ। बेलायती पाउण्ड स्टर्लिङको भाउ भने बढेको छ। बुधबार १ पाउण्ड स्टर्लिङको खरिददर १६९.०१ रुपैयाँ र बिक्रीदर १६९.७७ रुपैयाँ तय भएको छ। मंगलबार १ पाउण्ड स्टर्लिङको खरिददर १६८.९४ रुपैयाँ र बिक्रीदर १६९.७१ रुपैयाँ थियो।

 

प्रकाशित मिति : २०८० भाद्र ६ गते बुधवार
प्रतिक्रिया दिनुहोस