२०८३ भाद्र १० गते बुधवार | 2026 August 26th Wednesday

आज बिहीबारको फलफूल तथा तरकारीको मूल्य, बन्दा २ सय बढी [ सूचीसहित ]

Prices of vegetables and fruits and all agricultural produce

काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ । जसअनुसार नेपाली गोलभेडा मेरो प्रतिकेजी मूल मूल्य ५५, भारतीय ठूलो गोलभेडा ५५, भारतीय गोलभेडा सानो ४५, टनेल गोलभेडा सानो ४३, लोकल गोलभेडा सानो ४०, घिउ सिमी लोकल ८०, काउली स्थानिय ८०, आलु रातो ५५, मुडे आलु रातो ५०, भारतीय आलु रातो ३५, लौका ४०, हरियो फर्सी ३०, घिरौला ३५ कायम भइ कारोबार भइरहेको छ ।

त्यसैगरी डल्लेच्याउ प्रतिकेजी ३२० रुपैयाँ, बन्दा लोकल ७०, गाँजर ११०, मूला सेतो ९०, मूला रातो ९०, भन्टा डल्लो ६०, भन्टा लाम्चो ५०, टाटे सिमी ८०, तितो करेला ८०, ब्रोकाउली २५०, कागती २००, भिण्डी ४०, न्यूरो ९०, रातो बन्दा २००, लोकल काक्रो ९०, अदुवा प्रतिकेजी १४० रूपैयाँ रहेको समितिले जनाएको छ ।

समितिका अनुसार कुरीलो प्रतिकेजी ५००, केरा दर्जन १४०, अनार ३००, नासपाती ७०, आभोकाडो २००, कालो अंगुर ४५०, किवि ६००, हरियो खुर्सानी अकबरे १५० रुपैयाँ तथा रहु माछा ३५०, छडी माछा २४०, मुंगरी माछा २७० रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको समितिले जनाएको छ । यस्तै लप्सी प्रतिकेजी ५०, हरियो धनिया १४०, खुर्सानी सुकेको ४५०, नेपाली सुकेको लसुन २७०, चाइनिज लसुन २३०, गुन्दुक प्रतिकेजी २५०, भारतीय प्याँज सुकेको ७०, लसुन हरियो ३००, रुख कटहर ९०, छ्यापी सुकेको २००,भेडे खुर्सानी ७०, शरीफा १५०, फूजी स्याउ ३२०, अम्बा १००, मौसम १५०, जुनार ३२०, अमला ११०, तोफु ११०, पिंडालू ६०, तामा ९०, चुकुन्दर ७०, निबुवा ६०, कन्य च्याउ १६०, तने बोडी प्रतिकेजी ६० रूपैयाँमा कारोबार भइरहेको छ ।

दैनिक मूल्य बारे जानकारी – वि.सं. भदौ २१, २०८०

प्रकाशित मिति : २०८० भाद्र २१ गते बिहिवार
प्रतिक्रिया दिनुहोस