२०८३ भाद्र १० गते बुधवार | 2026 August 26th Wednesday

तारा एयरले आजदेखि फेरि पोखरा–जोमसोम उडान थाल्यो, विमान पोखरामै राखिने

काठमाडौं, भदौ २५ गते । विकट गन्तव्यमा हवाइ सेवा सञ्चालन गर्दै आएको तारा एयरले पर्यटकीय सिजन सुरु भएसँगै सोमबारबाट पोखरा(जोमसोम उडान पुनः सुरु गरेको छ। पर्यटकीय सिजन सुरु हुनुका साथै मौसम पनि अनुकूल भएकाले उडान पुनः सुरु गरेको तारा एयरले जनाएको छ। मौसमी प्रतिकूलताका कारण तारा एयरको पोखरा–जोमसोम उडान तीन महिनादेखि बन्द थियो।

कम्पनीले जोमसोममा उडानका लागि एउटा विमान पोखरामै राख्‍ने छ। जोमसोममा दैनिक ५ वटा उडान गर्ने कम्पनीले जनाएको छ। जोमसोम विमानस्थल समुद्री सतहबाट २ हजार ७३६ मिटर उचाइमा छ। तारा एयरले ट्विनअटर विमानमार्फत सिमकोट, लुक्ला, फाप्लु, दुनै लगायत विभिन्न गन्तव्यमा नियमित उडान गर्दै आएको छ।

 

 

प्रकाशित मिति : २०८० भाद्र २५ गते सोमवार
प्रतिक्रिया दिनुहोस