२०८३ असार १४ गते आइतवार | 2026 June 28th Sunday

आजको फलफूल तथा हरियो तरकारीको मूल्य [ सूचीसहित ]

Fruit and vegetable price today

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको लागि तरकारी र फलफूलको मूल्यसूची सार्वजनिक गरेको छ । जसअनुसार नेपाली गोलभेँडा सानो प्रतिकेजी ४५ रुपैयाँ, भारतीय ठूलो गोलभेँडा पनि ६५, काउली स्थानीय प्रतिकेजी ८० रुपैयाँ, आलु रातो ५६, मुडे आलु रातो ५०, सेतो आलु ४६, भारतीय सुकेको प्याज ६४ रुपैयाँ न्यूनतम मूल्य निर्धारण गरेको छ ।

बजारमा आज लोकल गाँजर प्रतिकेजी १४०, मूला सेतो लोकल ७०, घिउ सिमी लोकल ५०, भन्टा लाम्चो १०, मकै बोडी ७०, भटमासकोशा ८०, तितो करेला ५०, लौका ४०, परवल लोकल ४०, हरियो फर्सी ३०, घिराैँला ४० रुपैयाँ न्यूनतम मूल्यमा किनबेच भइरहेको छ । त्यसैगरी, डल्लेच्याउ प्रतिकेजी ३००, कन्य च्याउ १४०, कुरीलो ४००, ब्रोकाउली १५०, भिण्डी ४०, रायो साग ५०, तोरीको साग २०, हरियो प्याज ९०, काँक्रो लोकल ८० रुपैयाँ न्यूनतम मूल्य निर्धारण गरेको समितिले जनाएको छ ।

फलफूलमा आज केरा दर्जनको १५०, फूजी स्याउ २५०, अनार ३२०, अंगुर कालो ४००, तरबुजा ५०, मौसम १५०, लोकल नासपाती ८०, भारतीय मेवा ९०, आभोकाडो २०० र अम्बा १२० रुपैयाँ न्यूनतम मूल्य तोकिएको छ ।

दैनिक मूल्य बारे जानकारी – वि.सं. असोज ०७, २०८०

प्रकाशित मिति : २०८० असोज ७ गते आइतवार
प्रतिक्रिया दिनुहोस