२०८३ भाद्र १० गते बुधवार | 2026 August 26th Wednesday

सिटिजन्स बैंकले १० वर्ष अवधिको ऋणपत्र बिक्री खुलायो, वार्षिक ब्याज दर १० प्रतिशत

काठमाडौं। सिटिजन्स बैंक इन्टरनेशनलले आजदेखि ऋणपत्र बिक्री खुला गरेको छ। बैंकले १० वर्ष अवधिको ‘१०% सिटिजन्स बैंक डिबेन्चर २०९०’ ऋणपत्र जारी गर्न लागेको हो। असोज २१ गतेसम्म ऋणपत्र निष्कासन गर्नेछ। यसभित्र बिक्री भएन भने कात्तिक १ गतेसम्म बिक्री खुला हुने छ।

बैंकले कुल ३ अर्ब रुपैयाँको ऋणपत्र जारी गर्दैछ। जसबापत वार्षिक ब्याज १० प्रतिशत दिनेछ। कुल ३० लाख कित्तामध्ये १८ लाख कित्ता ‘प्राइभेट प्लेसमेन्ट’ र बाँकी सर्वसाधारणलाई बिक्री गरिने छ। ऋणपत्रको अंकित मूल्य १००० रुपैयाँ छ। यसमा कम्तिमा २५ कित्ता र अधिकतम सबै कित्ता खरिद गर्न सकिने छ।

प्रकाशित मिति : २०८० असोज १७ गते बुधवार
प्रतिक्रिया दिनुहोस