२०८३ असोज २६ गते सोमवार | 2026 October 12th Monday

दसैँका लागि अग्रिम टिकट बुकिङ खुल्ने दिन तोकियो

Advance ticket booking opens

काठमाडौं, १९ असोज । दसैँका लागि असोज २२ गतेबाट अग्रिम टिकट खुल्ला हुने भएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको छलफलमा २२ गतेबाटै दसैँका लागि टिकट खुलाउन व्यवसायी तयार भएका हुन्।

यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजय स्वाँरले सरकारले सडकका खाल्डा खुल्डी पुर्ने र व्यवसायीले बसको व्यवस्थापन गरी टिकट खुलाउने निर्णय भएको जानकारी दिए। ‘पूर्वाधार मन्त्री, यातायात व्यवस्था विभागका महानिर्देशकको समन्वयमा अग्रिम टिकट खुलाउन तयार भएका हौं,’ स्वारले भने, ‘गाडी थप गर्ने र व्यवस्थापन गर्ने जिम्मेवारी हाम्रो हुन्छ।’

काठमाडौं उपत्यकाबाट दसैँको समयमा २० लाख यात्रु बाहिरिने गरेको विगतको तथ्यांक रहेको छ। यात्रुलाई सहजताका लागि प्रहरीसँग समन्वय गरी केन्द्रहरु स्थापना गर्ने निर्णय समेत भएको छ। व्यवसायीले सडक मर्मत र भाडा बढाएपछि मात्रै अग्रिम टिकट खुलाउने बताउँदै आएका थिए।

 

प्रकाशित मिति : २०८० असोज १९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस