२०८३ असोज २६ गते सोमवार | 2026 October 12th Monday

बागमतीमा सरकारी कामकाजको भाषा तामाङ र नेवारी (नेपाल) बनाउन विधेयक पारित

हेटौँडा । तामाङ र नेवार जातिको बाक्लो बसोबास रहेको बागमती प्रदेशको सरकारी कामकाजका लागि अब तामाङ तथा नेपाल भाषाको प्रयोग हुने भएको छ । बागमती प्रदेशसभा बैठकले प्रदेश सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० लाई पारित गरेसँगै अब बागमती प्रदेशको सरकारी कामकाजको लागि नेपालीसहित नेपाल र तामाङ भाषाले पनि मान्यता पाउने भएको हो ।

प्रदेशसभा बैठकले प्रदेश सन्चारमाध्यम ब्यबस्थापन ऐन २०७५ लाइ संशोधन गर्न बनेको बिधेयक पनि पारित गरेको छ । बागमती प्रदेशमा रहेका तामाङ तथा नेवार जातिका मानिसहरुले प्रयोग गर्ने मातृ भाषाको रुपमा रहेको नेपाल तथा तामाङ भाषालाई सरकारी कामकाजको लागि प्रयोगमा ल्याउन पाईने भएपछि काठमाडौं उपत्यका सहितका नेपालभाषी तथा तामाङ बाहुल्य रहेको बागमतीको अधिकांश जिल्लामा कार्यसम्पादन गर्न थप सहजता हुने विश्वास भएको प्रदेशसभा सांसदहरुले बताएका छन् ।

 

प्रकाशित मिति : २०८० असोज २३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस