२०८३ असार १४ गते आइतवार | 2026 June 28th Sunday

सोनापुर मिनरल्सको आइपीओ बाँडफाँट : यसरी हेर्नुहोस नतिजा

काठमाडौं, असोज २४ । सोनापुर मिनरल्स एन्ड आयल लिमिटेडको आइपीओ आज बाँडफाँट भएको छ । बिक्री प्रबन्धक एनआइएमबी एस क्यापिटलको आफ्नै कार्यालय लाजिम्पाट, काठमाडौंमा आइपीओ बाँडफाँट भएको हो। कम्पनीको आईपियोमा १० लाख ४७ हजार ४५९ जनाले कुल १ करोड २० लाख ६९ हजार ८९० कित्ताका लागि आवेदन दिएका थिए जस मध्य ५ हजार ६ सय ८९ जनाको आवेदन रद्ध भएको छ। त्यसकारण १० लाख ४० हजार ७७० योग्य आवेदकमा शेयर बाँडफाँट भएको छ।

कम्पनीले कर्मचारीको लागि निस्कासन गरेको ६ लाख ८ हजार २८४ कित्ता शेयरमा कर्मचारीबाट १९ हजार ५ सय कित्ताको लागि मात्र आवेदन परेको हुदा बाकी रहेको ५ लाख ८८ हजार ७८४ कित्ता सेयर पनि सर्बसाधारण बाँडफाँट गरिएको हो। जसले गर्दा कुल १ करोड ३ लाख २१ हजार ३ सय २८ कित्ता शेयर योग्य आवेदकहरुलाई बाँडफाँट गरिएको हो। जस अनुसार १० लाख ३२ हजार १ सय ३२ जनाले शेयर पाएका छन् । यी मध्ये ८ जनाले ११ कित्ता शेयर पाएका छन् भने बाँकिले १० कित्ता शेयर पाएका छन् ।

कम्पनीले असोज १४ गतेदेखि १८ गतेसम्म १०० अंकित मूल्यमा १३७ रुपैयाँ ५८ पैसा प्रिमियम थप गरी प्रतिकित्ता २३७ रुपैयाँ ५८ पैसका दरले ९७ लाख ३२ हजार ५४४ कित्ता सेयर सर्वसाधरणका लागि बिक्रीमा ल्याएको थियो । यसमा बिक्री प्रबन्धकको काम एनआइएमबी एस क्यापिटलले गरेको छ ।

क्रेडिट रेटिङ संस्था इन्फोमेरिक्स नेपालले यस आइपीओलाई वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम रुपमा सुरक्षित रहेको जानाउने ‘आइआरएन ट्रिपल बी माइनस इस्यूअर रेटिङ’ प्रदान गरेको छ । इन्फोमेरिक्स नेपालले २०७९ मंसिर १५ गते यो रेटिङ दिएको हो । यो रेटिङ २०८० मंसिर १४ गतेसम्म बाहल रहनेछ । आईपीओको नतिजा सिडिएस एण्ड क्लियरिङ्गबाट सञ्चालित वेबसाइट https://iporesult.cdsc.com.np साथै https://nepsebajar.com/iporesult/ बाट हेर्न सकिनेछ।

प्रकाशित मिति : २०८० असोज २४ गते बुधवार
प्रतिक्रिया दिनुहोस