२०८३ असोज २६ गते सोमवार | 2026 October 12th Monday

सोलुखुम्बुमा मनाङ एयरको हेलिकोप्टर दुर्घटनाको पछिल्लो अपडेट

सोलुखुम्बु । सोलुखुम्बुको लबुचेमा हेलिकोप्टर दुर्घटना हुँदा घाइते भएका पाइलटलाई उपचारका लागि काठमाडौं पठाइएको छ। शनिबार लुक्लाबाट पर्यटक लिन लबुचे उडेको मनाङ एयरको नाइन एनएनजे कलसाइन भएको हेलिकोप्टर लबुचेमा अवतरणको क्रममा दुर्घटना भएको हो।

हेलिकोप्टरमा पाइलट प्रकाश सेढाईलाई फिस्टेल एयरको हेलिकोप्टरमार्फत उपचारका लागि काठमाडौंको हेम्स अस्पताल पठाइएको प्रमुख जिल्ला अधिकारी बसन्त भट्टराईले बताए। हेलिकोप्टरमा पाइलट सेढाई मात्रै सवार रहेको सीमा प्रशासन कार्यालय नाम्चेका प्रमुख सुजन कुमारी बर्देवाले जानकारी दिए। उनका अनुसार दुर्घटनामा पाइलट सेढाई घाइते भएका छन्।

प्रत्यक्षदर्शी मिङमार नुरु शेर्पाका अनुसार शनिबार बिहान अन्दाजी ७ः२५ बजे लबुचेको हेलिप्याडमै दुर्घटना भएको हो। ४ हजार ९ सय मिटरको उचाईमा रहेको उक्त हेलिप्याडमा हेलिकोप्टर ल्याण्ड गर्ने क्रममा दुर्घटना भएको हुनसक्ने खुम्बु पासाङ ल्हामु गाउँपालिका(४ का वडाध्यक्ष लक्ष्यमण अधिकारीले बताए। दुर्घटनापछि हेलिकोप्टरमा आगो लागेको छ।

 

प्रकाशित मिति : २०८० असोज २७ गते शनिवार
प्रतिक्रिया दिनुहोस