२०८३ असोज २६ गते सोमवार | 2026 October 12th Monday

नेपाली सेनाले बडादसैँमा घर जानेलाई हवाईदेखि बससम्मको यात्रा सुविधा दिँदै

Nepali Army is providing travel facilities from air to bus to those going home in dashain 4

काठमाडौं । नेपाली सेनाले २०८० सालको बडादसैँमा घर जाने नेपाली सेनाका बहालवाला सकलदर्जा तथा तिनका आश्रित परिवारहरूलाई सहुलियतको यातायात सुविधा उपलब्ध गराउन थालेको छ । असोज २१ गतेबाट ३० गतेसम्म मुलुकका विभिन्‍न स्थानहरु बिच स्थल तथा हवाई यातायात सञ्चालन गरिएको सेनाले जनाएको छ ।

सडक सञ्जालको पहुँच पुगेका स्थानहरूमा सवारी साधन (बस) मार्फत ४२१ जना र सडक सञ्जालको सहज पहुँच नपुगेका तथा दुर्गम पहाडी–हिमाली क्षेत्रहरू लगायत लामो दुरीका गन्तव्यहरुमा हवाई उडानमार्फत ६०५ जना गरी हालसम्म १०२६ जना सकलदर्जा एवं आश्रित परिवारहरूले यात्रा गरिसकेको सेनाको हेडक्वाटरले जनबोलीलाई जानकारी दिएको छ । यस पटकको यातायात सुविधा आगामी कार्तिक ०२ गतेसम्म सञ्चालन हुनेछ ।

 

 

 

प्रकाशित मिति : २०८० असोज ३० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस