२०८३ असोज २६ गते सोमवार | 2026 October 12th Monday

दशैंको टीकाको दिन प्रहरीले निःशुल्क बस सेवा सञ्चालन गर्ने [ रुटसहित ]

Police will operate free bus service on Dashain Tika day

६ कार्तिक, काठमाडौं । नेपाल प्रहरीले दशैंको टीकाको दिन निःशुल्क बस सेवा सञ्चालन गर्ने भएको छ। अघिल्ला वर्षमा तीन दिनसम्म निःशुल्क बस सेवा संचालन गर्दै आएको प्रहरीले यस वर्ष भने टीकाको दिन बिहान साढे आठ बजेदेखि अपरान्ह चार बजेसम्म मात्रै सञ्चालन गर्न लागेको प्रहरी प्रधान कार्यालयले जनाएको हो ।

दशैंको टीकाको दिन सार्वजनिक सवारी कम चल्ने भएकाले आम सर्वसाधरणको लागि दुईवटा बस संचालन गर्न लागेको प्रहरी प्रवक्तासमेत रहेका प्रहरी नायव महानिरीक्षक (डीआईजीपी) कुबेर कडायतले जानकारी दिए । उनका अनुसार प्रहरीले दुई वटा रुटमा बस सेवा संचालन गर्ने छ।

रुट नम्बर १ मा रहेको बसले नक्साल, बालुवाटार, टिचिङ अस्पताल, चक्रपथ, नयाँबसपार्क, बालाजु, स्वयम्भु, कलंकी, बल्खु, सातदोबाटो, लगनखेल, जावलाखेल, थापाथली, माईतीघर, पुतलीसडक हुदैँ जय नेपाल हलसम्म परिक्रमा गर्ने प्रहरी प्रवक्ता कडायतले जानकारी दिए । उनका अनुसार रुट नम्बर २ को बस नक्साल, रातोपुल, गौशाला, एयरपोर्ट, कोटेश्वर, ठिमी, सल्लाघारी, सुर्यविनायक, चाबहिल, सुकेरधारा, चक्रपथ, टिचिङ हुदैँ बालुवाटारसम्म पुग्नेछ।

 

 

प्रकाशित मिति : २०८० कार्तिक ६ गते सोमवार
प्रतिक्रिया दिनुहोस