२०८३ असोज २६ गते सोमवार | 2026 October 12th Monday

पाल्पामा फेरि आज अर्का दुई ठूला दुर्घटना : दुर्घटनामा पर्नेहरुको नामावलीसहित

Another two big accidents in Palpa today

६ कार्तिक, पाल्पा । पाल्पामा सोमबार दिउँसो जिप दुर्घटना हुँदा ८ जना घाइते भएका छन्।

गुल्मीदेखि बुटवलतर्फ जाँदै गरेको लु१ ज ४१६५ नम्बरको जिप सिद्धार्थ राजमार्गअन्तर्गत तानसेन नगरपालिका–७ लामडाँडामा दिउँसो करिब २ बजे दुर्घटना भएको ट्राफिक कार्यालय पाल्पाका प्रमुख राजकुमार चापागाईंले बताए। घाइते मध्य दुई जनाको अवस्था गम्भीर रहेको जिल्ला घाइते भएका छन्।

रुपन्देहीको तिलोत्तमा नगरपालिका–२ का ४५ वर्षीय रेशम गिरी, गुल्मीको रुरु गाउँपालिकास्थित थोर्गाका ४५ वर्षीया तोपकला ज्ञवाली, गुल्मीको इश्मा गाउँपालिका–४ का ३९ वर्षीय दानबहादुर खत्रीको अवस्था गम्भीर रहेको छ।

प्रहरीका अनुसार उनीहरूको अवस्था भने खतरामुक्त छ। घाइते सबैको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको छ। जिपमा १४ जना सवार थिए। अन्यको अवस्था सामान्य छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यसअघि आजै बिहान रम्भा गाउँपालिकामा भ्यान दुर्घटना हुँदा ५ जना घाइते भएका थिए। आइतबार बेलुकी कार दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको थियो। १ जना गम्भीर घाइते भएका थिए।

 

प्रकाशित मिति : २०८० कार्तिक ६ गते सोमवार
प्रतिक्रिया दिनुहोस