२०८३ भाद्र १२ गते शुक्रवार | 2026 August 28th Friday

प्रधानमन्त्री ओषधि र चिकित्सक लिएर सेनाकाे हेलिकप्टरबाट भूकम्प प्रभावित क्षेत्रमा गए

काठमाडौं । प्रधानमन्त्री प्रचण्ड भूकम्प प्रभावित क्षेत्रतर्फ गएका छन्।

आज बिहान उनी नेपाली सेनाको हेलिकप्टरमार्फत जाजरकोटतर्फ लागेको प्रधानमन्त्री प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए।

हेलिकप्टरमा औषधीसहित र १६ जना चिकित्सकको टोली पनि प्रधानमन्त्री प्रचण्डसँगै भूकम्पप्र भावित क्षेत्रमा गएका छन्।

प्रधानमन्त्री प्रचण्डले भूकम्प प्रभावित क्षेत्रमा राहत, उद्धार तथा खोजीमा जुट्न सबैलाई अपिल गरेका छन्।

मध्यरातमा जाजरकोट केन्द्रबिन्दु भएर ६.४ रेक्टरको भूकम्प गएको थियो।

भूकम्पमा परी जाजरकोट र रूकुम पश्चिममा गरी आज बिहान ५ बजेसम्म १२८ जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

 

प्रकाशित मिति : २०८० कार्तिक १८ गते शनिवार
प्रतिक्रिया दिनुहोस