२०८३ असोज २६ गते सोमवार | 2026 October 12th Monday

गृह मन्त्रालयले टिकटकमार्फत समाजमा नकारात्मक प्रभाव पार्ने गतिविधि गरे कारबाही गर्ने

काठमाडौं । गृह मन्त्रालयले टिकटकमार्फत समाजमा नकारात्मक प्रभाव पार्ने गतिविधि गरे कारबाही गर्ने बताएको छ।

आइतबार एक विज्ञप्ति जारी गर्दै मन्त्रालयले टिकटकमार्फता समाजमा नकारात्मक प्रभाव पार्ने गतिविधि गरे कारबाही गर्ने बताएको हो।

टिकटकमार्फत सामाजिक सदभाव विगार्ने, घृणा तथा विद्वेष फैलाउने, विशिष्ट व्यक्तिहरुको मानमर्दन गर्ने, जातीय, धार्मिक, सामाजिक सद्भाव विगार्ने र अश्लील खालका गतिविधि तथा सामग्रीहरु हटाउन र त्यस्ता कार्य गर्ने व्यक्तिहरु पत्ता लगाउन टिकटको कार्यालय, सिंगापुरसंग सहकार्य गरेको पनि विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित मिति : २०८० कार्तिक १९ गते आइतवार
प्रतिक्रिया दिनुहोस