२०८३ भाद्र १२ गते शुक्रवार | 2026 August 28th Friday

शीर्ष नेताबीच छलफल : लोकतान्त्रिक गणतन्त्रमाथिको प्रहारविरुद्व मिलेर लड्ने

काठमाडौं, कात्तिक २१ गते । शान्ति सम्झौता गर्ने प्रमुख दलका शीर्ष नेताहरूबीच छलफल सकिएको छ । सिंहदरबारमा मङ्गलबार अपराह्न भएको छलफलमा शान्ति सम्झौता गर्ने प्रमुख दलका शीर्ष नेताहरुले सङ्घीय लोकतान्त्रिक गणतन्त्रप्रति बलियो प्रतिबद्धता व्यक्त गरेका छन् ।

छलफलमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई लगायतका नेताहरुको उपस्थिति थियाे ।

प्रधानमन्त्री प्रचण्डककाे सचिवालय अनुसार उनीहरुले प्राप्त उपलब्धिलाई थप सबल बनाउन आफ्नो–आफ्नो तहबाट भूमिका खेल्ने प्रतिबद्धता समेत व्यक्त गरे । बैठकमा राप्रपा र रास्वपा थिएनन् ।

 

प्रकाशित मिति : २०८० कार्तिक २१ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस