२०८३ असार १२ गते शुक्रवार | 2026 June 26th Friday

जाजरकोट भूकम्पमा मर्नेको संख्या १५४ पुग्यो

भूकम्पमा परेर घाइते भएका रुकुम पश्चिमको चौरजहारी नगरपालिका–१, का ३२ वर्षीय निरक विष्टको मृत्यु भएको हो ।

काठमाडौं । जाजरकोट भूकम्पमा परेर मर्नेको संख्या १५४ पुगेको छ । भूकम्पमा परेर घाइते भएका रुकुम पश्चिमको चौरजहारी नगरपालिका–१, का ३२ वर्षीय निरक विष्टको मृत्यु भएको हो । उपचारका क्रममा कर्णाली प्रदेश अस्पतालमा शुक्रबार (आज) बिहान उनको मृत्यु भएको हो ।

अस्पतालका अनुसार विष्टको आज बिहान ९ बजे उपचारको क्रममा मृत्यु भएको हो । गत शुक्रबार जाजरकोटको बारेकोट–१ रामिडाँडा केन्द्रविन्दु भएर भूकम्प गएको थियो । अहिलेसम्मको विवरण अनुसार जाजरकोटमा १०१ र रुकुम पश्चिममा ५३ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : २०८० कार्तिक २४ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस