२०८३ असोज २६ गते सोमवार | 2026 October 12th Monday

भूकम्प पीडितलाई अस्थायी आवास बनाउन प्रतिपरिवार ५० हजार दिइने

Earthquake victims waiting for relief jajarkot

काठमाडौं । सरकारले कात्तिक १७ गएको भूकम्पबाट पूर्ण रूपमा घर भत्किएकाहरूलाई अस्थायी आवास बनाउन आर्थिक सहयोग गर्ने भएको छ। आइतबार गृह मन्त्रालयमा बसेको विपद् न्यूनिकरण समितिको बैठकले प्रतिपरिवारलाई ५० हजार रुपैयाँका दरले रकम दिने निर्णय गरेको हो। यो रकम दुई किस्तामा दिइन्छ।

जाजरकोटको रामीडाँडालाई केन्द्र बनाएर गएको भूकम्पले जाजरकोट र रूकुम पश्चिममा २६ हजार पाँच सय ५७ घरमा पूर्ण रूपमा क्षति पुर्‍याएको थियो। गृह मन्त्रालयको तथ्यांकअनुसार ३५ हजार चार सय ५५ घरमा आंशिक क्षति पुगेको छ।

अस्थायी आवास बनाउनका लागि राहत रकम उपलब्ध गराउन सरकारले सम्बन्धित जिल्लाको विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन समितिलाई निर्देशन दिएको छ।

 

प्रकाशित मिति : २०८० कार्तिक २६ गते आइतवार
प्रतिक्रिया दिनुहोस