२०८३ भाद्र १२ गते शुक्रवार | 2026 August 28th Friday

राष्ट्रपति रामचन्द्र पौडेलले गरे तिहारको तेस्रो दिन आज गाईपूजा

President Ramchandra Paudel performed cow worship today on the third day of Tihar

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले तिहारको तेस्रो दिन आज गाईपूजा गरेका छन्। कात्तिक कृष्ण औँसी अर्थात् गाईतिहारका दिन सोमबार देवी लक्ष्मीको प्रतीकस्वरूप गाईको पूजा गरिएको हो।

राष्ट्रपति पौडेलले शीतलनिवासमा विधिपूर्वक गाईको पूजा गरी खानेकुरा खान दिएका छन्। श्रावण शुक्ल पूर्णिमाका दिन हातमा बाँधिएको रक्षासूत्र (डोरो) गाईतिहारकै दिन गाईको पुच्छरमा बाँधिदिने चलन छ। यसो गर्दा मृत्युपछि ‘वैतरणी’ गर्न सहज हुने लोकविश्वास छ। तिहारको चौथो दिन गोरुपूजा वा गोबर्द्धन पर्वतको पूजा गर्ने परम्परा छ। गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको परम्परा हो। गाईले दिने दूध आमाले खुवाएको दूधजत्तिकै पौष्टिक हुने भएकाले गाईलाई ुगौमाताु भनी सम्मान गरिन्छ।

 

प्रकाशित मिति : २०८० कार्तिक २७ गते सोमवार
प्रतिक्रिया दिनुहोस