२०८३ असोज २६ गते सोमवार | 2026 October 12th Monday

गुफामा बास बसेर चीनको ताक्लाकोटमा मजदुरी गर्दै नेपाली श्रमिक

हुम्ला । चीनको ताक्लाकोटमा नेपाली मजदुरहरू गुफामा बास बसेर महलको काम गर्दै आएका छन्। हिउँदको चिसो मौसममा उनीहरू गुफामा रात कटाउँछन्। दिनभर ताक्लाकोटमा श्रम गर्छन्। महँगो कोठाभाडा तिरेर बस्न समस्या भएपछि उनीहरू गुफाभित्र बास बसेर मजदुरी गर्दै आएका हुन्।

बजारमा कोठाभाडा महँगो भएकाले गुफामा बास बसेर मजदुरी गर्न बाध्य भएको सर्केगाड गाउँपालिका–५ का बलराम बुढाथोकीले जानकारी दिए। बुढाथोकीले दुःखेसो पोख्दै भने, ‘काम पाइएमा एक दिनमा दुई सय चिनियाँ युआन कमाइ हुन्छ। दिनभर दु:ख गरेको पैसा रासन र कोठाभाडामै खर्च हुने भएकाले गुफामै बसेर रात कटाउँछौँ।’

गुफाभित्र बस्दा निकै चिसो हुने गरेको अर्का मजदुर रूपबहादुर बुढाथोकीको दुःखेसो छ। उनले भने, ‘बजारमा कोठाभाडा लिएर बस्दा महिनाको ८ हजार जति तिर्नुपर्छ। त्यही भएर गुफाभित्र बास बसेर ताक्लाकोटमा चिनियाँहरूको घरनिर्माणको काम गरिरहेका छौँ।’

सीप सिकेका श्रमिकले सजिलै काम पाउँछन् सीप नभएकालाई काम पाउन समस्या हुने गरेको बुढाथोकीको भनाइ छ। झन्डै दुईदेखि तीन सय जति नेपाली मजदुर चीनको ताक्लाकोटमा मजदुरी गर्दै आएका छन्।

 

 

 

प्रकाशित मिति : २०८० कार्तिक २७ गते सोमवार
प्रतिक्रिया दिनुहोस