२०८३ असोज २६ गते सोमवार | 2026 October 12th Monday

काठमाडौं उपत्यकामा रातभर देउसी, भैलो खेल्न पाइने : तर यी कुरामा छ बन्देज

Deusi Bhailo can be played till night this year in Kathmandu Valley

काठमाडौं । काठमाडौं उपत्यकामा रातभर देउसी, भैलो खेल्न पाइने भएको छ। तिहारको अवसरमा देउसी, भैलो खेल्न समय सीमा नतोकिएको जिल्ला सुरक्षा समिति काठमाडौंले जनाएको छ। भक्तपुर र ललितपुरमा पनि रातभर देउसी र भैलो खेल्न दिने निर्णय भएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले जानकारी दिए।

उपत्यकामा एकै प्रकारको निर्णय गर्नेबारे हाम्रो छलफल भएको छ, इच्छुकलाई आफ्नो अनुकूलतामा मर्यादित भएर देउसी, भैलो खेल्न स्थानीय प्रशासनले आग्रह गरेको छ। प्रजिअ बस्नेतले भने, आवश्यक मात्रामा सुरक्षा व्यवस्था हामीले मिलाएका छौँ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले सूचना निकालेर भुइँचम्पा, पटका र आतसबाजीजस्ता विपद् जोखिम निम्त्याउने विस्फोटक एवं प्रज्ज्वलनशील पदार्थको प्रयोग र बिक्री वितरणमा भने बन्देज लगाएको छ । काठमाडौं उपत्यकामा पटका र आतसबाजी पड्काउन पनि निषेध गरिएको प्रहरीले जनाएको छ।

 

प्रकाशित मिति : २०८० कार्तिक २७ गते सोमवार
प्रतिक्रिया दिनुहोस