२०८३ कार्तिक ८ गते शनिवार | 2026 October 24th Saturday

नेपाली सेनाले माग्यो ३४०० कर्मचारी, यसरी दिनुहोस आवेदन

काठमाडौं । नेपाली सेनाले सैन्य र ट्रेड फलोअर्सको रिक्त विभिन्न स्थान पदपूर्तिका लागि ३४०० जनाको दरखास्त मागेको छ । सेनाले सूचना प्रकाशित गर्दै ती खुला तथा समावेशी प्रतियोगिताद्वारा पदपूर्ति गर्ने जनाएको हो । जारी सूचनामा भनिएको छ, ‘नेपाली सेनाको स्वीकृत दरबन्दी भित्र रिक्त रहेका सैन्य तथा विभिन्न ट्रेडका फलोअर्स (ब.का.सि., सुचिकार, सफाईकर्मी, चर्मकर्मी, लोहाकार, केशकर्तक, माली) पद खुल्ला तथा समावेशी प्रतियोगिताद्वारा पदपूर्ति गर्नको लागि देहायका योग्यता पुगेका इच्छुक नेपाली नागरिकले सैन्य पदको हकमा नेपाली सेनाको आधिकारिक वेबसाईट www.nepalarmy.mil.np बाट अनलाईन दरखास्त फाराम भरी उम्मेदवार स्वयम्ले सो को हार्डकपी प्रिन्ट(आउट गरी तोकिएको भर्ना केन्द्रमा बुझाउने वा उम्मेदवार स्वयम् भर्ना केन्द्रमा उपस्थित भई दरखास्त फाराम भर्ने र विभिन्न ट्रेडका फलोअर्स पदहरुको हकमा उम्मेदवार स्वयम् भर्ना केन्द्रमा उपस्थित भई दरखास्त फाराम भरी रू.१०।– (दश) को टिकटटाँसी दरखास्त पेश गर्न आव्हान गरिन्छ ।’

प्रकाशित मिति : २०८० मङ्सिर ८ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस