२०८३ असोज २६ गते सोमवार | 2026 October 12th Monday

कार्यक्रमतर्फ हिँडेको देख्नासाथ च्यापच्यापी कयौं पक्राउ, दुर्गा प्रसाईलाई घरमै नजरबन्द

Durga Prasai is under house limitation

काठमाडौं, ७ मंसिर । दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊँ महाअभियानको समर्थनमा तिनकुनेमा प्रदर्शनका लागि पुगेका वा जान निस्किएकाहरुलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले यो समाचार तयार पार्दासम्म अहिलेसम्म २६ जनालाई पक्राउ गरेको छ ।

तीनकुनेबाट पक्राउ पर्नेमा राप्रपामा आवद्ध पशुपति कठायत, श्याम तिमल्सिना र आङनिमा शेर्पासहित २६ जना छन् । यसैगरी पक्राउ पर्नेमा बिनिता थापा, देवेन्द्र थापा, मिना शाही ठकुरी, क्षितिज तिमिल्सिना, नरबहादुर सिलवाल, नवराज अधिकारी, तेज नारायण कँडेल, कौशल आचार्य, मुकुन्दप्रसाद भण्डारी, सुजन खड्का, गगन थापा, गणेश पराजुली, उमेश आलेमगर, आशाबहादुर घिमिरे, श्याम तिमिल्सिना, हरि थापा, राजु भारती, प्रेमप्रसाद घिमिरे, यमकुमाार मैनाली, हरिप्रसाद दाहाल, दिलबहादुर घिसिङ, धन शिल्पकार, मिना श्रेष्ठ, वीरेन्द्र सेन र साबित्रा क्षेत्री छन् ।

जिल्ला प्रशासन कार्यालय भक्तपुरले प्रदर्शनमा सहभागी हुन तीनकुने आउन लागेका प्रसाईंलाई भक्तपुरस्थित घरमा नै रोकेको छ । प्रसाईं निकटका अनुसार अहिले उनलाई नजरबन्दमा नै राखेको दावी गरिएको छ । जिल्ला प्रशासनसँग समन्वय गरेर कार्यक्रम स्थल यकिन गरेपछि मात्र प्र्साईंलाई काठमाडौंमा आउन दिने गरी घरमा निगरानीमा राखिएको भक्तपुरकी प्रमुख जिल्ला अधिकारी रोशनी श्रेष्ठले पुष्टि गरिन् । उनले भनिन् नजरबन्द चै भन्न मिल्दैन । सुरक्षा संवेदनशीलतालाई ख्याल राखेर घरबाट बाहिर निस्किन रोकिएको चै हो ।

 

प्रकाशित मिति : २०८० मङ्सिर ८ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस