२०८३ असोज २७ गते मङ्गलवार | 2026 October 13th Tuesday

राजेन्द्र लिङ्देनको आडमा बलियो रुपमा मैदानमा उत्रिएका पूर्वराजाले आज झापामा केके गर्दै छन् ?

What is the former king doing in Jhapa today

काठमाडौं । राजावादी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को व्यवस्थापनमा यतिबेला पूर्वराजा ज्ञानेन्द्र शाह झापा भ्रमणमा छन्। उनी काठमाडौंबाट हिजै (शुक्रबार) झापा पुगेका हुन्।

राप्रपाका प्रवक्ता मोहन श्रेष्ठका अनुसार पूर्वराजा शाह आज बिर्तामोडमा पृथ्वीनारायण शाहको सालिक अनावरणदेखि स्थानीय नागरिकसँग भेटघाटसम्मका कार्यक्रममा सहभागी हुनेछन्। ‘मेची क्राउन होटल (पूर्वराजा बास बसेको स्थान) बाट आज दिउँसो १ बजे मोटरसाइकल र्‍याली सुरु हुन्छ, अनि बिर्तामोडको भाटभटेनीअगाडि ‘राजा’ (गाडीबाट) ओर्लिनुहुन्छ। त्यहाँबाट हिँड्नुहुन्छ– पञ्चकन्यास्थित इकम कलेजसम्म।’

त्यसपछि पूर्वराजा ज्ञानेन्द्रले त्यहाँ बनेको पृथ्वीनारायण शाहको सालिक अनावरण गर्ने उनले जानकारी दिए। र्‍यालीमा सात हजारवटा मोटरसाइकल सहभागी हुने र पूर्वराजाको पैदलयात्राका क्रममा हजारौँ नागरिक उपस्थित हुने दाबी श्रेष्ठको छ।

‘त्यही तयारीका लागि हाम्रा अध्यक्ष राजेन्द्र लिङ्देनज्यू कात्तिक २५ गतेदेखि उतै (झापामा) हुनुहुन्छ’, उनले भने, ‘आज खासमा झापामा राजेन्द्र लिङ्देनले आफ्नो शक्ति प्रदर्शन गर्नुहुन्छ।’ राप्रपा प्रवक्ता श्रेष्ठका अनुसार पूर्वराजा ज्ञानेन्द्रका साथमा उनकी छोरी प्रेरणा र धीरेन्द्रका छोरी शीताष्मा पनि छन्।

 

प्रकाशित मिति : २०८० मङ्सिर ९ गते शनिवार
प्रतिक्रिया दिनुहोस