२०८३ असोज २७ गते मङ्गलवार | 2026 October 13th Tuesday

घाँसीकुवामा बस दुर्घटना हुँदा ३६ जना घाइते

Road Accident

दमौली । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ घाँसीकुवामा बुधबार बिहान यात्रुवाहक बस दुर्घटना हुँदा ३६ जना घाइते भएका छन्। धरानबाट पोखरातर्फ आउँदै गरेको ग१ख ७८९५ नम्बरको बस सडकबाट अनियन्त्रित भई तल खसेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

दुर्घटनामा घाइते भएकाहरुको दमौली अस्पताल र रत्नहरि अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिए। घाइतेमध्ये केहीलाई पोखरा लैजाने तयारी भइरहेको प्रहरीले जनाएको छ।

 

प्रकाशित मिति : २०८० मङ्सिर १३ गते बुधवार
प्रतिक्रिया दिनुहोस