२०८३ असोज २७ गते मङ्गलवार | 2026 October 13th Tuesday

दुर्गा प्रसाईँको दाबी : फागुन १ मा राजाकै हातबाट दियो बालेर हिन्दु राष्ट्र घोषणा गर्छौँ

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईँले फागुन १ गते वसन्तपुरमा दियो बालेर वैदिक सनातन धर्म सापेक्ष राष्ट्र घोषणा गर्ने बताएका छन्।

राजाले मेचीमा बालेको दियो फागुन १ गते वसन्तपुरमा राजाकै हातबाट बालेर वैदिक सनातन हिन्दु राष्ट्र घोषणा गर्ने उनको दाबी छ। ‘झापामा राजाले मेचीमा बालेको दियो फागुन १ गते वसन्तपुरमा राजाकै हातबाट बालेर वैदिक सनातन हिन्दु राष्ट्र घोषणा गर्छौँ’, आइतबार बिहान पत्रकार सम्मेलन गर्दै उनले भने, ‘अब यो व्यवस्था परिवर्तन हुन्छ।’

प्रसाईँले राजाले पनि चुप लागेर दरवारभित्र बस्न छाडेर जनताको आँसु पुछ्न सडकमा आउनुपर्ने बताए। उनले अबको आन्दोलन विकेन्द्रित हुने भन्दै फागुन १ गतेबाट व्यवस्था परिवर्तनको आन्दोलन निर्णायक बनाउने बताए। मङ्सिर ३० गतेभित्र नागरिक सरकार घोषणा गरी गाउँदेखि केन्द्रसम्म समानान्तर सत्ताको अभ्यास थाल्ने उनको दाबी छ।

 

प्रकाशित मिति : २०८० मङ्सिर १७ गते आइतवार
प्रतिक्रिया दिनुहोस