२०८३ असोज २७ गते मङ्गलवार | 2026 October 13th Tuesday

प्रधानमन्त्री ‘प्रचण्ड’ स्वदेश फिर्ता

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वदेश फर्किएका छन्। जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्र संघीय सम्मेलन (कोप २८) मा सहभागी हुन गत बुधवार संयुक्त अरब इमिरेट्स दुबई गएका प्रधानमन्त्री ‘प्रचण्ड’ आज साँझ साढे ६ बजे काठमाडौँ आइपुगेका हुन्।

सम्मेलनमा प्रधानमन्त्री ‘प्रचण्ड’ शुक्रबार र शनिबार विभिन्न बैठकहरूमा सहभागी भएका थिए। शनिबार उनले कोप २८ लाई सम्बोधन गर्दै विकसित देशहरूका कारण नेपालजस्तो कम विकसित मुलुकहरूले जलवायु परिवर्तनको मार खेप्नु परेको बताएका थिए।

 

प्रकाशित मिति : २०८० मङ्सिर १७ गते आइतवार
प्रतिक्रिया दिनुहोस